site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  सिरहा नगरपालिका-१८, जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी साेमबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् । गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।  

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसईबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्