site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाममा एमालेलाई ३ हजार ९६० मतको अग्रता

काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । सुहाङ ३ हजार ९६० मतले अगाडि छन् । 

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्