site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुहाङ एकहजार मतले अगाडि, मिलनले साढे ५०० कटाए

इलाम । इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा १,००१ मतले अगाडि छन् ।

नेम्वाङले ३,७८३ मत ल्याउँदा उनलाई पछ्यारहेका खड्काले २,७८२ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् । 

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना सकिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्