site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्रता बढाउँदै सुहाङ नेम्वाङ, रास्वपा चौँथो नम्बरमा

इलाम । इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ७८० मतले अगाडि छन् ।

नेम्वाङले ३,२४९ मत ल्याउँदा उनलाई पछ्यारहेका खड्काले २,४६९ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ४३४ मत पाएका छन् । रास्वपाका लिम्बू थेगिमभन्दा २६९ मतले पछाडि छन् ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ को सातहजार ३४ मत गणना भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्