site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अघि लागे सुहाङ, ३४५ मतले पछि परे डम्बर

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।

जसअनुसार पछि परेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् । 

सुहाङले ३४५ मतले अघि लागेका छन् ।

वडा नम्बर ४ मा १,७१८ मत झरेको थियो । त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ । यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन् ।

पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बूले ७१ मत प्राप्त गरेका छन् ।

हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ । जसमध्ये पहिलो दल एमालेले २,५४२, दोस्रो दल कांग्रेसले २,१९७, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्