site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीको मटिहानीमा भीषण आगलागी : ७० घर जले
सांकेतिक तस्बिर ।

काठमाडौं । महोत्तरीमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो १ बजेदेखि मटिहानी नगरपालिका–६ मा आगो लागेको हो ।

बारीमा लागेको आगो अचानक हावाका कारण बस्तीमा सल्किदाँ ७० वटा घर जलेर नष्ट भएका छन् । क्षतिको विवरण भने आएको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलका अनुसार अहिले आगो भने नियन्त्रणमा आएको छ ।

“फुसका घरहरू आगोले जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन । केही चौपायहरू मरेको आशंका गरिएको छ । हामी उद्धारमा नै छौँ,” एसपी पोखरेलले भने ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्