site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनामा करिब साढे १७ अर्बका बिजुली गाडी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा नेपालमा सात हजार ९३ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । यी गाडीहरूको आयात मूल्य १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार (करिब साढे १७ अर्ब) रुपैयाँ छ ।

यो अवधिमा आयातित विद्युतीय गाडीहरूबाट सरकारले सात अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्र्याइएको थियो । चैत मसान्तसम्म एक महिनाको अवधिमा ६५८ ईभी नेपाल भित्र्याइएको हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्