site stats
बाह्रखरी :: Baahrakhari
देश
११औँ तहका १२ चिकित्सक/नर्सको एकसाथ सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११औँ तहका १२ चिकित्सक/नर्सको एकसाथ सरुवा गरेको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट १० जना कन्सल्टेन्ट चिकित्सक र दुईजना नर्सिङ प्रशासकको सरुवा गरेको हो । 

यस्तै, चारवटा संघीय अस्पतालमा कार्यरत ११औँ तहका चिकित्सकलाई प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट जिम्मेवारी दिनेगरी कामकाजमा खटाइएको छ । 

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दरबन्दीमा रहेका दुईजना ११औँ तहका चिकित्सकलाई पनि साविकको पदमा कामकाजमा खटाएको छ । 

यी हुन् सरुवा गरिएका चिकित्सक/नर्स 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्