site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारी चिकित्सक/स्वास्थ्यकर्मी बिदा लिएर निजीमा, मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई पूर्णकालीन रूपमा अन्यत्र काम गरेको भन्दै सचेत गराएको छ । 

बिदा स्वीकृत गराइ वा नगराइ देशभित्रकै निजी तथा विदेशका स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएकाले मन्त्रालयले ध्यानाकर्षण गराएको हो । 

कानुनविपरीत यस्ता कार्य नगर्न मन्त्रालयले कर्मचारीलाई अनुरोध गरेको छ । स्वास्थ्य सेवा ऐनविपरीत कार्य गरेमा त्यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले चेतावनी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्