site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपीन जोशीको परिवारले भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।

भेटमा जोशीको परिवारले विपीनको रिहाइका निम्ति थप पहल गरिदिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपीनको रिहाइका निम्ति चिन्तित रहेको बताए । रिहाइका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको उल्लेख गरे ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली नागरिकसहित एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो । विपनीसहित विभिन्न देशका झन्डै २५० जनालाई हमासले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्