site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले ०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन : महामन्त्री थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् । सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए । एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए । 

Argakhachi Cement Island Ad

उनले सरकारमा नयाँ आएकाहरुले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ । सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए । 

उनले भने, "अहिले नयाँ आएका सरकारका साथीहरूले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म कांग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि । म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो ।" 

महामन्त्री थापाले नागरिकहरूको न्यायको लागि कांग्रेसले आवाज उठाउने बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्