site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् ।

बैंकले एक विज्ञप्ति जारी गर्दै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुटसमेत दिने भएको छ ।  

कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुन कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको पनि जानकारी गराइएको छ ।

२०८१ वैशाख महिनाका लागि मुद्दती खातामा प्रदान गरिएको ब्याजदर

२०८१ वैशाख महिनाको लागि मुद्दती खातामा प्रदान गरिएको ब्याजदर
अवधि स्वयं उपस्थितमा खोलिएका मुद्दतीमा पाइने ब्याजदर कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर
३–६ महिना ६.५१% ६.६६%
६ महिना देखि १ वर्ष मुनि ७.००% ७.१५%
१ वर्ष माथि ७.११% ७.२६%

कुमारी बैंकले ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्