site stats
बाह्रखरी :: Baahrakhari
देश
सुकुम्वासी बस्तीबाट लागुऔषधसहित दुई महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौू महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।

यसैगरी परियारको साथबाट प्रहरीले ६ हजार तीन सय ५० तथा बस्नेतको साथबा चार लाख १० हजार रुपैयाँ नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।

“पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” उनले भने । रासस
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्