site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रदेश प्रमुख तिलक परियारले बुधबार अपराह्न मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी एक सांसद छन् । २१ सांसद भए बहुमत पुग्नेमा कँडेललाई २३ सांसदको समर्थन छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्