site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको छ । 

बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । अवरोध भए पछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए ।

उनले सांसदहरूलाई बस्नका लागि आग्रह गरे । तर, कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्