site stats
बाह्रखरी :: Baahrakhari
देश
चार्जिङ स्टेसनले भविष्यमा पाँच खर्बको आयात प्रतिस्थापन गर्छ : कुलमान घिसिङ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत् खपत भइरहेको बताएका छन् ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा घिसिङले चार्जिङ स्टेसनमा भएको विद्युत् खपतबाट दैनिक करिब दुई करोडको डिजेल र पेट्रोल प्रतिस्थापन गर्ने गरेको बताए ।

अहिले गतिमा विद्युत् खपत भए भविष्यमा पाँच खर्बको आयातलाई प्रतिस्थापन गर्न सक्ने उनको भनाइ छ । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्यधिक रूपमा वृद्धि भएको पनि बताए ।

घिसिङले देशभरका स्थानीय तह, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए । काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरूमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको उनको भनाइ छ ।

उनले नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनका लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताए । उनले अहिले निजी क्षेत्रसहित ४०० वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिब हजारभन्दा बढी माइक्रोबसहरू देशभर चलिरहेका दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्