site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् । 

बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो । 

कांग्रेसकी सचेतक सुशीला थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिएका थिए । कांग्रेसका सांसदले अवरोध गरेपछि सत्ता पक्षका सांसद पनि उभिएका थिए । उनीहरूले बोल्न दिनका लागि माग गरेका थिए । सभामुखले सदन सुचारु गर्न पटक पटक आग्रह गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्