site stats
बाह्रखरी :: Baahrakhari
देश
नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । नेसनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजमा छापा मारेर सोमबार उनलाई पक्राउ गरेको हो ।

म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्