site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाका ४२ वर्षीय राजकुमार दाहाल र ३० वर्षीय कृष्णप्रसाद दाहाल छन् । राजकुमार काठमाडौंको नयाँ बानेश्वर र कृष्णप्रसाद पेप्सीकोलामा बस्दै आएका थिए । आइतबार उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उनीहरूले आकर्षक तलबको प्रलोभनमा पारेका थिए । ती युवायुवतीबाट रकम लिएपश्चात् विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका प्रहरीमा उजुरी दिइएको थियो ।

राजकुमारले कम्बोडिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेको खुलेको छ । उनलाई नयाँ बानेश्वरबाटै पक्राउ गरिएको हो ।

कृष्णप्रसादले इनाइन्स कन्सलट्रेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनलाई काठमाडौंकै कपनबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्