site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अन्धकारमा जून’ कवितासंग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रह ‘अन्धकारमा जून’ सार्वजनिक गरिएको छ । 

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकारहरू सरला चापागाईं, विवश पोखरेल, बलराम पोखरेल, प्रा. डा. मेदिनीप्रसाद शर्मालगायत व्यक्तिले सो कृति सार्वजनिक गरे । कृतिमाथि कवि समालोचक हरिप्रसाद बरालले समीक्षात्मक टिप्पणी गरे ।

Argakhachi Cement Island Ad

कवि उप्रेतीले आफ्नै जीवन भोगाइ र समाजका विषयवस्तुलाई कवितामा उतारेको उल्लेख गरिन् ।

कार्यक्रममा भरत गुरागाईं बर्बरिक, विनारायण पण्डित सिंगल, कविता केशरी, प्रिन्स प्रमोद ढकाल, भवानी पोखरेल, उमानाथ घिमिरे, ऋषि तिवारी, भूपाल अधिकारी, रीता पाठक, कुमार श्रेष्ठ, शरद प्रधानांग, नानुमाया दाहाललगायत व्यक्तिले कवितावाचन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्