site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने जिकिर गरेका छन् । शनिबार इलाममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका उमेदवार जितबहादुर राईले निर्वाचन जित्ने जिकिर गरेका हुन् । उनले अरू पार्टीहरूलाई उमेदवारी फिर्ता लिएर एकीकृत समाजवादीलाई सघाउन आह्वान गरे ।

उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए । पछिल्लो सत्ता गठबन्धनका नेताहरूले बुद्धि पुर्‍याएर यसलाई अघि बढाउनुको विकल्प नरहेको उनले उल्लेख गरे ।

उनले अहिले विचार मिल्नेहरूको बीचमा सत्तासहकार्य भएकाले लामो समय टिक्ने टिप्पणी पनि गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्