site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी सहकार्यको सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता भएको छ । अब गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहजै रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको जनाइएको छ ।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकलाई उपलब्ध गराइने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्यूआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरूको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झन्डै एक घण्टाको दृष्यचित्रसहित चेतनामूलक सामग्री प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्