site stats
बाह्रखरी :: Baahrakhari
खेल
बरोडाविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत 

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले ब्याटिङमा बरोडाविरुद्ध खराब सुरुआत गरेको छ ।

भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्ले (६ ओभर) को समाप्तिमा दुई विकेट गुमाएर २६ रनमात्र बनाएको छ । 

Argakhachi Cement Island Ad

नेपालबाट हाल क्रिजमा रहेको अनिल साह दुई र कप्तान रोहितकुमार पौडेल तीन रनमा खेलिरहेका छन् । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ । 

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्