site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऊर्जामन्त्रीले भने– तीन महिनापछि लोडसेडिङ हुँदैन, भ्रमको पछाडि नदौडिनू

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुने भनाइमा सत्यता नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताए ।

छलफलका क्रममा केही सांसदहरूले भारतले विद्युत् बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुन सक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले वर्षा याममा नेपालले विद्युत् बिक्री  गर्ने अवस्था हुने भन्दै भ्रमको पछि दौडिन नहुने बताए ।

"तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाको बारेमा यो सत्यता होइन । एउटा कुरा के प्रस्ट छ त भन्दा वर्षायाममा त हामी बिक्री गर्छौं । त्यसकारणले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा आफैँमा सही होइन । त्यो भ्रमको पछि दौडिनु हुँदैन," उनले भने ।

उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) मा सहभागी हुँदा प्रशस्त लाभ लिन सकिने पनि बताए ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्