site stats
बाह्रखरी :: Baahrakhari
देश
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन 

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ । संघमा आबद्ध विद्यार्थीले बिहीबार उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

n3-1711623499.jpg
नेविसंघले उपकुलपतिको जवाफदेहिता माग समेत गरेको छ । घटनाले परीक्षा नियन्त्रण कार्यालय र अरू सम्बद्ध निकायहरूको गैरजिम्मेवारीपन छर्लंग पारेको नेविसंघको ठहर छ ।

n2-1711623533.jpg
गएको वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षाअन्तर्गत जनसंख्या अध्ययन ‘पीओपी–४२२’ विषयको १७६ थान उत्तरपुस्तिका हराएको पुष्टि भएको छ । सो विषयको पुनः परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले आंगिक क्याम्पसहरूलाई पत्राचार गरिसकेको छ । 

सोहीअनुसार यही चैत २१ गते परीक्षा सञ्चालन गर्ने सूचना क्याम्पसहरूले निकालेका छन् ।

n4-1711623551.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्