site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकले १३० शाखाबाट चलायो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत्र ५ गतेदेखि ११ सम्म १३० शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ ।

जसमा वित्तीय साक्षरता, साइकल र्‍याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी आयोजना गरिएको थियो ।

हाल प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, ३१० एटीएमका साथै ७१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्