site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकको ‘ग्लोबल मनी विक २०२४’ कार्यक्रम सातवटै प्रदेशमा सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘ग्लोबल मनी विक–२०२४’अन्तर्गतक कायक्रमहरू सातवटै प्रदेशका शाखा कार्यालयमार्फत सम्पन्न गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरूपमा मनाउने उक्त कार्यक्रम यो वर्ष पनि मनाइएको हो ।

‘प्रोटेक्ट यर मनी सेक्वर योर फ्युचर’ भन्ने मूल नाराका साथ मार्च १८ देखि २४ तारिखसम्म परेको थियो ।

बैंकले सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवधिमा बैंकले बैंकिङसम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरूले प्रदान गरिरहेका डिजिटल सेवा, डिजिटल सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रूपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकामा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्