site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल टेलिकमको तार 'चोरी गर्दैगर्दा' एकजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका–१, सिक्लेसका ३२ वर्षीय नविन सुनार छन् ।

कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको नेपाल टेलिकम कार्यालयको परिसरभित्र राखिएको तामा मिश्रित तार चोरी गरेर लादै गरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट ११० फिट फाइबर तार बरामद गरिएको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्