site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालले दोस्रो बलमै लियो विकेट 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा टस हारेर फिल्डिङमा आएको नेपालले इनिङको दोस्रो बलमै विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करण केसीले पहिलो ओभरको दोस्रो बलमा रोस अडायरलाई बोल्ड गरेका थिए । 

जारी खेलको तीन ओभर समाप्त हुँदा आयरल्यान्डले एक विकेट गुमाएर १७ रन बनाएको छ । नेपालले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्