site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आवश्यक परे रेल थप्छौँ : यातायातमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रीको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर–जयनगर रेल्वेको अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।

यात्रीको चाप बढी भएको कुरा आइरहेको उनले उल्लेख गरे । यात्रीलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने उनले सुनाए ।

Argakhachi Cement Island Ad

“...यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठूलो समस्या होइन । यो रेलको समय थपेर धेरैपटक आवतजावत हेरेर बढाउनेछौँ,” उनले भने, “रेल पनि थप्नेछौँ, यदि यात्रीको चाप बढी भयो भने । यात्रीको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ ।”

अब छिटोछरितो रूपमा सेवा अघि बढाउने उनले प्रतिबद्धता जनाए । उनले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी–कमजोरीको सम्बोधन गर्ने बताए ।

“...आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ । अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ,” उनले भने, “सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार, खासगरी भौतिक पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।”

मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवं निरीक्षण गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:२५
प्रतिक्रिया दिनुहोस्