site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वीआरआईमा महत : ठेकेदारदेखि कामदार सबै चीनको, ऋण चाहिँ मार्केट रेटमा ?
फाइल तस्बिर ।

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चीनको परियोजना वीआरआई नेपाली आफूले रोक्न नखोजेको बताए । 

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलमा बोल्दै उनले सहुलियतपूर्ण ऋणमा चीनले नदिए समस्या हुने पक्षमा उभिएको बताए । आफू परराष्ट्रमन्त्री हुँदा हस्ताक्षर गरेर सुरू गरेको विषय भएको भन्दै उनले भने, “हामीले त्यो चाहिँदै चाहिँदैन भनेको हैन ।”

Argakhachi Cement Island Ad

उनले जसरी एडीबी वर्ल्ड बैकले सहुलियतपूर्ण ऋण दिन्छ त्यसरी नै दिनुपर्छ भन्दै थपे, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ उसैको ठेकेदार उसैको सामान उसैको कामदार सबै हुने मार्केट रेटमा चाहिँ तिर्ने त्यो चाहिँ भएन । चीनको कन्टेक्सटमा मात्र भनेको हैन भारतको एक्जिम बैंकले दिनेमा पनि त्यही कोरियालगायत अरू देशले दिनेमा पनि त्यस्तै हुनुपर्छ ।”

उनले कांग्रेसले सरकार चलाउन पाएको भए ठूलो रकम र लगानी भित्र्याउन सक्ने दाबी समेत गरे । 

“हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि तर्कपूर्ण कुरा राखेको हो त्यस्तो मुडे कुरा गरेर हुँदैन आधार दिनुपर्ने हुन्छ तर्क दिनुपर्छ,” उनले थपे, “ए हो त यो त हामीले त कन्मिन्स गराएको थियो यदि हामीले काम गर्ने निरन्तरता पाएको भए धेरै ठूलो लगानी नेपालमा आउने थियो र नेपालीहरूले पनि लगानी बढाउन थिए ।”

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्