site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई छुट

कठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपालसँग समझदारी गरेको हो ।

यो सम्झौताअनुसार बैंकका ग्राहकले वन्डर्स नेपालको स्वामित्वमा सञ्चालित स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकहरूले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउँनेछन् । काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर ७८.७ मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित २१ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटीएममार्फत सेवा दिँदै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्