site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समिति नबनाइए बैठक चल्दैन : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरिएसम्म संसद् बैठक चल्न नदिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ आफूहरूलाई चित्त नबुझेको उनले उल्लेख गरे । उनले कांग्रेसले संसद्मै संसदीय छानबिन समितिको माग गरेको बताए । समिति गठन नगरिए बैठक चल्न नदिने उनले चेतावनी दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्