site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिका लागि थापाको उमेदवारी दर्ता

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले उमेदवारी दर्ता गराएका छन् । मंगलबार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी)का सांसद थापाले समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् । 

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी)बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उमेदवारी दर्ता गराएका हुन् । 

दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरूलाई समाधान गर्नेगरी अघि बढ्ने बताए ।

थापाको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेल र समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन भोलि हुँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्