site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हामी गोरु चुट्ने हलो अड्काउने नीति लिएर अघि बढिरहेका छौँ : विनोद चौधरी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको विकास अवधारणा नै अस्पष्ट रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले विकासको अवधारणा अहिले पनि प्रष्ट नभएको बताए  ।

आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा उनले भने, “हामी गोरु चुट्ने, हलो अड्काउने नीति लिएर अघि बढिरहेका छौँ ।”

Argakhachi Cement Island Ad

“हामी हाइड्रो बनाउने लाइसेन्स दिन्छौँ, तर हाइटेन्सन लाइनको बिजुली जोड्न नसक्ने स्थिति बनाइ दिन्छौँ । सिमेन्ट उत्पादन गर्ने लाइसेन्स दिन्छौँ तर, चुनढुंगा निकाल्न नसक्ने अवस्था बनाइ दिन्छौँ । सडक बनाउन बजेट छुट्याउँछौँ तर रुख काट्न प्रतिबन्ध लगाउँछौँ,” सांसद चौधरीले भने ।

उनले अब युवालाई आशावादी बनाउँदै देश विकासमा काम गर्नुपर्ने बताए । मेलम्ची, द्रुतमार्ग लगायतका ठूला परियोजनालाई छिटो सक्काउनुपर्ने सांसद चौधरीको भनाइ छ । उनले समस्यामा रहेका निर्माण व्यवसायीहरू र खस्कदै गएका परियोजनालाई रिभाइभ गर्नुपर्ने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्