site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ : सांसद पन्त
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

उनले विमस्टेकमा बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका र नेपाल सदस्य रहेको र सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र विमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । नेपालले विमस्टेकबाट लिएका फाइदाहरू संसदमा प्रस्तुत गर्न आग्रह गरे ।

उनले भने, "सन् १९९७ मा स्थापना भएको विमस्टेक ढिलो गरी अघि बढिरहेको छ । हामी त्यसको विमस्टेक चार्टड अर्थात विमस्टेक वडापत्रलाई आज यहाँ छलफल गरिरहेका छौँ । बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका र नेपाल यसका सदस्यहरु हुन् । तर यसबाट नेपालले उठाउन सक्ने जति फाइदा उठाउन सकिरहेको छैन । अहिलेसम्म सदस्य भएदेखि यता नेपालले विमस्टेकबाट केके फाइदा लियो भन्नेकुरा त्यसको फेहरिस्त पनि विमस्टेक चार्टडसँगै परराष्ट्र मन्त्रालयले प्रस्तुत गरेको भए संसद्लाई राम्रो जानकारी हुनसक्थ्यो ।" 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्