site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरालाई भोलि नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौं । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने उनको भनाइ छ ।

उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्