site stats
बाह्रखरी :: Baahrakhari
देश
राजविराजमा आगलागीबाट ३० लाखको क्षति

राजविराज (सप्तरी) । सप्तरीको राजविराजस्थित रूपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ  । 

आगलागीबाट १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित ३० लाख रुपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए ।

आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्