site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बेबी लाइफ होमलाई सिटिजन्स बैंकको सहयोग 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरको छ । बेबी लाइफ एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्योपचार, शिक्षामा क्रियाशील छ ।

बैंकले आफ्नो १७औँ वार्षिकोत्सवका उपलक्ष्यमा सहयोग गरेको हो । बैंकले आउँदो वैशाख ७ गते १७औँ वार्षिकोत्सव बनाउँदै छ ।

उक्त रकम बेबी लाइफ होममा रहेका २७ एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्योपचारमा खर्च गरिने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।

सो संस्था सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकका तर्फबाट एक समारोहबीच दुई लाख रुपैयाँको चेक सञ्चालक पुनलाई हस्तान्तरण गरिएको हो ।

सिटिजन्स बैंकले १९० शाखा कार्यालय, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्