site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रुस–युक्रेन युद्धमा घाइते नेपालीलाई फिर्ता गर्न पहल गर्नुपर्छ : चित्रबहादुर केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीका शव र घाइतेलाई स्वदेश फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् ।

“रुस र युक्रेनमा अहिले नेपाली युवकहरू घाइते छन्, मृत्यु भएका छन् । त्यस सम्बन्धमा सरकारले पहल गरेर उनीहरूलाई फिर्ता गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्