site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २७.८४ अंघले घट्यो, सबै उपसमूह राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ ।

यस दिन ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भयो ।

१३ वटै उपसमूहको समूहगत सूचक घट्यो । जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.०२ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्