site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने जनमतको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उमेदवार उठाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता डा. शरदसिंह यादवले दिएको जानकारीअनुसार फागुन २३ गते बसेको केन्द्रीय सचिवालयले उक्त निर्णय गरेको हो । 

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । सोही दिन बझाङमा पनि प्रदेशसभा निर्वाचन क्षेन नम्बर १ ‘क’ का लागि उपनिर्वाचन हुनेछ । 

यस्तै, सोही बैठकले वर्तमान सत्ता सहकार्यमा नजोडिने पनि निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्