site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुनेछ । 
    
संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

Rastriya-Sa-1710069513-1710117232.png
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्