site stats
बाह्रखरी :: Baahrakhari
देश
वार्षिक ९० हजारभन्दा बढी सुरक्षित गर्भपतन, ६ प्रतिशत २० वर्ष मुनिका महिला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा बर्सेनि ९० हजारभन्दा धेरै संख्यामा सुरक्षित गर्भपतन हुने गरेको छ ।

स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक स्वास्थ्य रिपोर्टमा आर्थिक वर्ष २०७९/०८० मा मात्र ९३ हजार ४६३ वटा गर्भतन भएको उल्लेख छ । यो संख्या आर्थिक वर्ष २०७८/०७९ मा ९० हजार ७३३ थियो ।

पछिल्लो वर्षमा सेवा लिने ९३ हजारमध्ये ७० प्रतिशतले मेडिकल (औषधिको प्रयोग)मार्फत गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । बाँकी ३० प्रतिशतले सर्जिकल (औजारको प्रयोग)मार्फत गर्भपतन गराएको रिपोर्टमा उल्लेख छ ।

सुरक्षित गर्भपतन सेवा लिनेमा ६ प्रतिशत भने २० वर्ष मुनिका महिला छन् । बिस वर्षभन्दा कम उमेरमै गर्भपतन गराउनुमा उमेर नपुगी विवाह गर्नु र बिना योजना गर्भधारण हुनु भएको तथ्यांकमा बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्