site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महँगी घट्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा महँगी घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार यो अवधिमा महँगी ५.०१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा महँगी ७.८८ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको महँगी ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ३.८५ प्रतिशत छ ।

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११, दाल तथा गेडागुडीको ११.१५ प्रतिशतले बढेको छ । दुग्ध पदार्थ तथा अन्डाको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ र तरकारीको ७.५८ प्रतिशतले मूल्य सूचकांक बढेको छ ।

घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्