site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूची)

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।

त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।


 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्