site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसीराम थारू बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

2080-11-25-Notice-1709915244.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्