site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच वर्षीय बालकले लाइटर खेलाउँदा...
प्रतीकात्मक तस्बिर ।

दमौली ।  तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा उनका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्