site stats
बाह्रखरी :: Baahrakhari
देश
अकुत आर्जनले घरजग्गा कारोबार गर्ने सिंहलाई दुई करोड २६ लाख जरिबाना

काठमाडौं । विशेष अदालतले अकुत आर्जनले अर्कोको नाममा घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंहलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ । अदालतले दोषी ठहर गर्दै दुई करोड २६ लाख ३९ हजार ७०२ रुपैयाँ जरिबाना र तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अकुत आर्जनको  पैसाले मीना कार्कीको नामबाट घरजग्गा कारोबार गर्ने सिंहलाई यही फागुन १५ गते दोषी ठहर गरेको थियो ।

बिहीबारको इजलासले सजाय निर्धारण गरेको हो । सिंहले कार्कीको नामबाट कारोबार गरेको देखिँदा मतियार ठहर गर्दै उनका नाममा रहेको जग्गा र बैंकमा संयुक्त खातामा रहेको रकम जफत हुने फैसला भएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्