site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरगञ्जका मेयर सिंहविरुद्धको जाहेरी प्रहरीमा दर्ता 
फाइल तस्बिर ।

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नागरिकता कीर्ते गरेको कसुरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।

जाहेरी केही दिन पहिला नै आए पनि बिहीबार जाहेरी दर्ता भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए । “जिल्ला सरकारी वकिल कार्यालयमार्फत आएको निवेदन दर्ता भएको हो । हामी अनुसन्धान गर्दैछौँ,” एसपी ढुंगेलले भने ।

सिंहविरुद्ध आफ्नो नागरिकता दुरुपयोग गरेर एक युवतीलाई नागरिता दिलाएको आरोप लागेको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्